• २०८१ मङ्सिर ३ सोमबार

बिजेपीमा गए आम आदमी छोडेका गहलोत

kharibot

काठमाडौँ । भारतको दिल्ली सरकारका पूर्वमन्त्री कैलाश गहलोत भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

एक दिनअघि आम आदमी पार्टी र दिल्ली सरकारको मन्त्री पद छोडेका गहलोत सोमबार बिजेपी प्रवेश गरेका हुन् ।

बीजेपीमा प्रवेश गरेपछि कैलाश गहलोतले दिल्लीको मन्त्री वा मुख्यमन्त्रीले केन्द्र सरकारसँग निरन्तर लडाइँ गरेर जनताको समय बर्बाद गरेको आरोप लगाएका छन् ।

आगामी फेब्रुअरीमा हुने दिल्लीको विधानसभा अघि बिजेपीले आम आदमी पार्टीलाई कमजोर बनाउने रणनीति अन्तर्गत गहलोतलाई भित्र्याउन सफल भएको विश्लेषण गरिएको छ ।

गहलोतले आइतवार आम आदमी पार्टीबाट राजीनामा दिदै पार्टीको दिल्ली सरकारले चुनावका बेला गरेका बाचा पुरा गर्न नसकेको आरोप लगाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै