काठमाडौँ । भारतको झाँसीमा मेडिकल कलेजमा आगलागी हुँदा कम्तिमा १० बालबालिकाको मृत्यु भएको छ ।
घटनामा अन्य १६ बालबालिका घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । शुक्रबार राति झांसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । घटनामा घाइते भएका अन्य १६ बालबालिकाको उपचार भइरहेको उल्लेख छ । घटनाको समयमा एनआईसीयूमा ५० भन्दा बढी बालबालिका भर्ना रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
उत्तरप्रदेश सरकारले मृतकका परिवारलाइ ५-५ लाख सहयोग दिने घोषणा गरेको छ भने घाइतेका परिवारलाई ५०-५० हजार दिने घोषणा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।