• २०८१ मङ्सिर ३ सोमबार

इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मारिए

kharibot

काठमाडौँ । इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएका छन् । मध्य बेरुतमा इजरायली हमलामा मारिएको लेबनानी लडाकु समूहले पुष्टि गरेको छ ।

लेबनानको राज्य सञ्चालित नेशनल न्यूज एजेन्सीका अनुसार आइतबार घना जनसंख्या भएको रस अल-नाबा छिमेकमा रहेको बाथ राजनीतिक दलको मुख्यालयमा भएको आक्रमणमा प्रवक्ता अफिफ मारिएका हुन् ।

अफिफ हिजबुल्लाहका प्रमुख सार्बजनिक अनुहार मध्येका एक नेता थिए । उनले अन्तिम पटक गत सोमबार सार्बजनिक रुपमा देखिएका थिए ।

सिरियाली बाथ पार्टीको लेबनानी शाखाको अधिकांश मुख्यालय आक्रमणमा ध्वस्त भएको थियो, उद्धार र नागरिक रक्षा टोलीहरू भग्नावशेषमा फसेका धेरै मानिसहरूलाई मद्दत गर्न पुगेका थिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सो आक्रमणमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै