काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलनका एजेण्डाहरु पनि सार्वजनिक गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै रास्वपाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो । रास्वपाले प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर छानविन गर्न माग गरेको छ ।
रास्वपाले राजनीतिक प्रतिशोध तत्काल बन्द गर्न, सहकारी, लघुवित्त र मिटरब्याज समस्या समाधान, भ्रष्टाचार काण्डको न्यायिक छानबिन, गतिशील अर्थतन्त्र, प्रवासी र गैरआवासीय नेपालीलाई मताधिकारको प्रवन्ध गर्न र संबिधान संशोधन गर्ने लगायतका ६ माग अगाडी सारेर दोस्रो चरणको आन्दोलनको घोषणा गरको छ ।