• २०८१ मङ्सिर ३ सोमबार

राष्ट्रपति पौडेलसँग चार देशका राजदुतले लिए शपथ

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चार देशका राजदुतले शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 

शपथ लिनेमा इस्लामिक गणतन्त्र पाकिस्तानकी राजदुत रीता धिताल, कतारका राजदुत रमेशचन्द्र पौडेल, इजरायलका राजदुत प्रा. धनप्रसाद पण्डित र चीनका लागि राजदुत प्रा. डा. कृष्णप्रसाद ओली रहेका छन् ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै