• २०८१ मङ्सिर २ आइतबार

रुसका राजदुतले ट्रली चढेर उत्तर कोरिया छोडे !

kharibot

काठमाडौँ । रुसका राजदुतले परिवारसहित ट्रली चढेर उत्तर कोरिया छोडेका छन् ।

कोरोना महामारीलाई फैलिन नदिन उत्तर कोरियाले यातायातका सार्बजनिक साधन बन्द गरेपछि राजदुत रुसको सीमासम्म पुग्न ट्रलीलाई रेलको लिकमा गुडाएर पुगेका थिए ।

रुसी राजदुतले परिवारसहित करिब एक किलोमिटरको यात्रा ट्रलीमा गरेको मिडिया रिपोर्टमा बताइएको छ । यसअघि उनीहरुले रुसको सीमासम्म पुग्न बसको प्रयोग गरेका थिए ।

कोरोना फैलिन नदिने उपाय अपनाएपनि उत्तर कोरियाले भने अहिलेसम्म आफ्नो देशमा कोरोना संक्रमण कसैलाई नभएको बताउदै आएको छ ।

उत्तर कोरियामा गतबर्षदेखि नै देशभन्दा बाहिर जाने आउने अन्तर्राष्ट्रिय उडान र ट्रेन सेवा बन्द गरिएको छ । रुसका राजदुतसँग कुनै विकल्प बाँकी नरहेपछि परिवारसहित ट्रली चढेर सीमामा पुगेको बताइएको छ ।

सीमा एक बर्षदेखी बन्द र यात्रीहरुको आवागन बन्द गरिएकाले उनीहरुको यात्रा मुश्किल बनेको रुसको विदेश मन्त्रालयले जनाएको छ ।

रुसले तत्कालका लागि रुसको राजदुताबास बन्द गरेकाले राजदुतसहितका कर्मचारी रुस फर्किएका हुन् । उत्तर कोरियामा पछिल्लो एक बर्षमा कैयौं देशका राजदुतले राजदुताबास बन्द गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै