• २०८१ मङ्सिर २ आइतबार

जिसस कैलाली प्रमुखमा कांग्रेसलाई एमालेको सहयोग 

kharibot

धनगढी । स्थानीय तहको उपनिर्वाचनमा कैलालीमा एमाले र कांग्रेसबीच तालमेल हुने भएको छ । एमाले कैलालीको जिसस प्रमुखमा कांग्रेसकी उमेदवार टीकाकुमारी भूललाई सहयोग गर्ने भएको हो । नेपाली कांग्रेस र एमालेबीच सहकार्यको सहमति भएको हो।

कांग्रेसले प्रमुखमा टीकाकुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छन् । टिका कैलारी गाउँपालिका-२ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । 

२०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चल्दै आएको छ। जिसस कैलालीको मतभार २६ रहेको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै