काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले डेनमार्कलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा मिकेल ओयारजबाल र आयोज पेरेजले एक एक गोल गरेका थिए भने डेनमार्कका लागि एक गोल गुस्तव इसाकसेनले गरेका थिए ।
यो जितपछि स्पेनले ५ खेलमा १३ अंक हासिल गरेको छ र समुह ४ मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै डेनमार्कको ५ खेलमा ७ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
स्पेनले अब समुह चरणको अन्तिम खेलमा नोभेम्बर १९ मा स्वीजरल्याण्डको सामना गर्ने छ भने डेनमार्कले सोहि दिन सर्बियासँग खेल्ने तालिका छ ।