• २०८१ कार्तिक ९ शुक्रबार

वरिष्ठ साहित्यकार प्रा सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

kharibot

काठमाडौँ । वरिष्ठ साहित्यकार प्राध्यापक मोहन सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

उनलाई डा एपीजे अब्दुल कलाम फाउन्डेसनले भारतको कोलकातामा आयोजना गरेको ९३ औँ जन्मजयन्त्तीको अवसरमा सम्मान गरिएको हो । 

कलाम आधुनिक एरोस्पेसका शीर्ष वैज्ञानिक र 'मिसाइल म्यान अफ इन्डिया' रहेका थिए । उनी भारतका ११ औँ राष्ट्रपति भएका थिए । 

कलामले ‘ग्रीन टेक्नोलोजी’ को अभिनव अभियान पनि शुरु गरेका थिए । उनको सन् २०१५ मा निधन भएको थियो । फाउन्डेसनले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि मेघालय विधान सभाका अध्यक्ष थोमस ए संगमा थिए। 

प्रा सिटौलालाई प्रमुख अतिथि तथा फाउन्डेसनका अन्तर्राष्ट्रिय सल्लाहकार तथा कार्यक्रमका संयोजक प्रदीप खनालले मन्तव्य प्रदान गरेका थिए । 

यसअघि सोही दिन फाउन्डेसनले अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमको उद्घाटन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रा सिटौलाले सम्बोधनसमेत गरेका थिए । 

नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन सिटौलाको भूमिका अहम्  छ। गत वर्षमात्रै उनले अनेसास सुनील पाठक विशिष्ट पुरस्कार पाएका थिए । सिटौलाले दुई हजार डलरसमेत प्राप्त गरेका थिए । 

यो पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ । सिटौला अनेसासका पूर्व  केन्द्रीय अध्यक्ष हुन् । एक दर्जन भन्दा बढी पुस्तक लेखिसकेका ८२ वर्षीय सिटौलाले नेपालमा रहँदा थुप्रै क्याम्पसको नेतृत्व सम्हालेका थिए । 

यसअघि सिटौला गत वर्ष नै असार २९ गते भानु जयन्तीको अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित भएका थिए ।

यस्तो छ सिटौलाले पाएका पुरस्कारहरूको छोटो पृष्ठभूमि:

- विसं २०२४ सालमा काठमाडौँमा सम्पन्न देशव्यापी नेपाली निबन्ध प्रतियोगितामा प्रथम, स्वर्ण पदक र नगद पुरस्कार ।
– हालसम्म अनेसास लगायत नेपाल सरकार, त्रीवी, नेपाल, भारत  र अमेरिकाका विभिन्न नेपाली अन्य साहित्यिक संघसंस्थाबाट लामै समयदेखि बारम्बार सम्मानित र पुरस्किृत हुँदै आएको ।
— राष्ट्रिय शिक्षादिवस पुरस्कार (शिक्षा मन्त्रालय, श्री ५ को सरकार) —२०४३  
— अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्कृष्ट सेवा सम्मान (प्लाक)— अनेसास—२००५ 
—आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार,नेपाल सरकार —२०७१
—अनेसास हिरो पदवीबाट सम्मानित (जापान) —२०१५    
—स्रष्टासाँझ सम्मान - २०१८ 
—महाकवि देवकोटा राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन   तथा नागरिक उड्डयन मन्त्रालय —२०७७ 
—दाजीलिङ्ग, सिक्किम, आसाममा सम्मानित —२००८
—विश्व भुटानी साहत्यिक संगठन (GBLO) बाट पेन्सिलभेनियामा सम्मानित —मार्च २२/२०२२

—अनेसास के का तारा किसनधामी  पुरस्कार (२०२३) । 
—अभिवादन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौंबाट मोहन सिटौलालाई अभिवादन —२०७२ असार ।

—नइ देरुनिख अन्तराष्ट्रिय साहित्यिक व्यक्तित्व सम्मन र २ लाख नगद पुरस्कार— २०७९–२०२२ ।

—लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौं— स्रष्टा—सम्मान—२०७९–२०२२ ।

—नइ काठमाडौँबाट साहित्यकार मोहन सिटौलालाई ‘नइ कीर्ति रत्न’ को उपाधि प्रदान — २०७९–२०२३ ।

—अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को  २०७९–२०२३ मार्च मा बोष्टनमा सम्पन्न भएको पाँचौं च्याप्टर र महिला भव्य सम्मेलनमा मोहन सिटौलालाई अनेसास (केन्द्रीय समिति) ले ‘साहित्य रत्न’ को उपाधि लगायत किसन तारा धामी ५०० डलर नगद पुरस्कार प्रदान गरेर सम्मान गरिएको ।

—युगकवि सिद्धिचरण राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय — असार २०८० ।
—अनेसास सुनिल पाठक विशिष्ट पुरष्कार —जुलाई २०२३  विशेष उल्लेखनीय रहेका छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै