• २०८१ कार्तिक ८ बिहीबार

माल्दिभ्सविरुद्ध भुटानको गोल बर्षा, सेमिफाइनलमा पुग्यो

kharibot

काठमाडौं । भुटानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा माल्दिभ्सविरुद्ध गोलको बर्षा गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरेकी थिइन् । 

जितसँगै भुटान समुह बी को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भुटानको ३ खेलमा ७ अंक भएको छ र सेमिफाइनलको स्थान पक्का गरेको छ ।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । सो खेल साँझ साढे ५ बजेदेखि सुरु हुदै छ । अब नेपाल सेमिफाइनलमा पुग्न कम्तिमा बराबरी खेले पुग्छ भने समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले जित हासिल गर्नुपर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै