• २०८१ कार्तिक ८ बिहीबार

इङल्याण्डका सैफ सुदूरपश्चिमबाट एनपीएल खेल्ने

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका ब्याटिंग अलराउण्डर सैफ जैब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

२६ बर्षिय ब्याटिंग अलराउण्डर जैबलाई सुदूरपश्चिमले भित्र्याएको जानकारी दिएको छ । सुदूरपश्चिमले यसअघि स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डनलाई पनि भित्र्याइसकेको छ । 

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमका पुर्व प्रशिक्षक जगत टमाटालाई मुख्य कोचमा नियुक्त गरेको छ भने अस्ट्रेलियाका पुर्व क्रिकेटर ब्राड हजलाई मेन्टर नियुक्त गरेको छ ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

जनकपुर बोल्ट्स 

- न्यूजील्याण्डका ब्याटिंग अलराउण्डर जिम्मी निशाम 

काठमाडौँ गुर्खाज

- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
 
लुम्बिनी लाइन्स

- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

पोखरा एभेन्जर्स 

- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
 
सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
-इङल्याण्डका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

- ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

- पाकिस्तानका अल राउण्डर हुसैन टलात 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै