• २०८१ कार्तिक ८ बिहीबार

स्पार्ट प्राहमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेक रिपब्लिकको क्लब स्पार्ट प्राहलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पार्ट प्राहलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ ।

त्यस्तै स्पार्ट प्राहको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा २१औ स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै