• २०८१ कार्तिक ७ बुधबार

बराबरीमा रोकियो पिएसजी

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा पिएसजी डच क्लब पीएसभीसँग १-१ गोलको बराबरीमा रोकिएको हो  ।

पिएसभीले खेलको ३४औ मिनेटमा नोआ लांगको गोलमा शुरुवाती अग्रता लिएकोमा पिएसजीका लागि असरफ हाकिमीले खेलको ५५औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए  ।

यो पिएसजीको यस सिजनमा पहिलो बराबरी हो  । यो बराबरीपछि पिएसजीको ३ खेलमा ४ अंक भएको छ र लिगमा १७औ स्थानमा रहेको छ  ।

त्यसैगरी पीएसभीको भने ३ खेलमा २ अंक छ र लिगमा २७औ स्थानमा छ  ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै