• २०८१ कार्तिक ६ मंगलबार

सुनको मुल्यले आज पनि नयाँ किर्तिमान

kharibot

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै