• २०८१ कार्तिक ५ सोमबार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुदै, नेपालको सामना माल्दिभ्ससँग

kharibot

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप फुटबलमा  नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने  हुनेछ ।

समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

नेपालको एक अंक रहेको छ भने माल्दिभ्सअंकविहीन रहेको छ । समुह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुदै छ । यो खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुदै छ । भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै