• २०८१ कार्तिक ४ आइतबार

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको युनाइटेडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र रासमस होजलण्डले एक एक गोल गरेका थिए ।  त्यसैगरी ब्रेन्टफोर्डका लागि इथान पिनोकले एक गोल गरेका थिए ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो जित हो । यो जितपछि ८ खेलमा ११ अंकसहित म्यानचेस्टर युनाइटेड १०औं स्थानमा रहेको छ ।

त्यसैगरी ब्रेन्टफोर्डको भने ८ खेलमा १० अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै