• २०८१ कार्तिक ३ शनिबार

सिनवारको मृत्युपछि खामेनीले भने- हमास जीवित थियो र जीवित रहने छ

kharibot

काठमाडौँ । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै हमास जीवित थियो र जीवित रहने बताएका छन् । 

उनले कमाण्डर याह्या सिनवार आफ्ना सहिद साथीहरूसँग सामेल भएको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'याह्या सिनवार जस्ता व्यक्तिको लागि, जसले आफ्नो जीवनभर क्रूर शत्रुसँग लड्यो, शहीद भन्दा कम केहि स्वीकार्य हुन सक्दैन ।'

इरानका सर्वोच्च नेताले भने, 'सधैँ झैँ हामी प्यालेस्टिनी मुजाहिदीन र योद्धाहरूको साथमा छौँ। "म हाम्रा भाइ याह्या सिनवारलाई उहाँको परिवार, उहाँका साथीहरू र ईश्वरको मार्गमा जिहादमा समर्पित सबैको शहीदमा बधाई दिन्छु र यस क्षतिको लागि मेरो समवेदना व्यक्त गर्दछु ।'

खामेनीले याह्या सिनवारको मृत्यु प्रतिरोधी मोर्चाका लागि दुःखद भएको बताए । तर शेख अहमद यासिन, फताही शाककी, रन्तिसी र इस्माइल हनियापछि पनि यो मोर्चा रोकिएको छैन र यो याह्या सिनवारको मृत्युपछि पनि अगाडि बढ्ने उनले बताएका छन् । सिनवारको मृत्यु पछि हमासको भविष्यप्रति प्रश्न उठिरहेका बेला इरानका सर्वोच्च नेताको भनाई आएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै