• २०८१ कार्तिक ३ शनिबार

रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी

kharibot

काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको इन्जुरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए ।

यस अघि अल नासरका लागि आयमेरिक लापोर्टेले शुरुवाती गोल गरेका थिए । त्यस्तै अल शबाबका लागि एक गोल अँ नासरका अलि अलहासनले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलमा मोहमद सिमाकनले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।

यो जितपछि अल नासरको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर अल हिलालभन्दा ४ अंकले पछाडी रहेको छ । त्यसैगरी अल शबाबको भने ७ खेलमा १२ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै