• २०८१ कार्तिक २ शुक्रबार

लामिछानेको पक्राउमा अवरोध गर्दैनौं- मनिष झा

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन् ।

पार्टी कार्यलय अगाडी मिडियालाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले कुनै अमुक व्यक्तिकोराजनीतिक कुण्ठा पुरा गर्न प्रहरी परिचालन गरेर लामिछानेलाई पक्राउ गर्न लागिएको समेत आरोप लगाएका छन् ।

झाले केहि बेरमामा लामिछानेले मिडियालाई सम्बोधन गरेपछि प्रहरीसँग जाने र प्रहरीले उनलाई आजै पोखरा लैजाने जानकारी दिएको बताएका छन् ।

शुक्रबार नै जिल्ला अदालत कार्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली रास्वपा कार्यालय पुगेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै