• २०८१ कार्तिक १ बिहीबार

धरानमा कार्यवाहक विवाद, उपप्रमुखको आपत्ति

kharibot

धरान । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि विवाद चुलिएको छ । 

मेयर साम्पाङ बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक तोकेको विषय विवादित बनेको हो । 

वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन् । उपप्रमुख बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वत आफू कार्यवाहक हुने दाबी गरेका छन् । 

उनले भनेका छन्- ‘कार्यवाहक तोक्ने कुरामा तजविजी अधिकार नगरप्रमुखलाई छैन । व्यक्तिगत ढंगले कसैलाई लागेर तजविजी प्रयोग गर्ने कुरा हुँदैन । सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था गरेको छ ।'

अर्को तर्फ वडा नम्बर ११ का वडा अध्यक्ष फागुले हिजोदेखि आफूले कार्यवाहकको जिम्मेवारी सम्हालेको बताए । उनले उपमेयरलाई कार्यवाहक दिनुपर्ने भनेर विवाद आइरहेको पनि बताउदै । आफूले माग्दै नमागी कार्यवाहक दिइएको बताउदै फागुले आफुले हिजोदेखि कार्यवाहक सम्हालिसकेको बताएका छन् । 

आफूले कार्यवाहकको जिम्मेवारी बहन गर्दैगर्दा कुनै पनि अवरोध नरहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत र मेयर राईका स्वकीय सचिवसँगको सहकार्यमा काम भइरहेको उनले बताए । मेयर साम्पाङ आगामी कात्तिकको १७ गतेसम्ममा नेपाल फर्किने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै