• २०८१ असोज ३० बुधबार

चोरीको मोटरसाईकलसहित तीन जना पक्राउ

kharibot

रौतहट । रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाईकलसहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको हो।

गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३-०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाईकल सहित सोही ठाउँका १९ बर्षीय धीरज साह पक्राउ परेका छन् ।

त्यस्तै गत २२ गते माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाईकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का १९ बर्षको श्याम महतो पक्राउ एको छ । त्यसैगरी गत २६ गते शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरियाका २१ बर्षको मन्दिप भन्ने मन्दित यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट चोरीको उक्त तीनवटै मोटरसाईकल सहित तीनैजना चोर लाई पक्राउ गरिएको डिएसपी राजन कार्कीले बताएका छन्। तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी कार्किले जानकारी दिएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै