• २०८१ असोज ३० बुधबार

बेहुली फ्रम मेघौली हलबाट उतार्ने निश्चल बस्नेतको घोषणा

kharibot

काठमाडौँ । चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफ्नो फिल्म बेहुली फ्रम मेघौली सिनेमा हलबाट उतार्ने घोषणा गरेका छन् । बस्नेतले विहिबारदेखि सिनेमा हलबाट फिल्म हटाउने घोषणा गरेका हुन् ।

यस अघि उनले सिनेमा हलले दर्शकको साथ नहुदा पनि हिन्दी फिल्मलाई शो दिएको तर आफ्नो फिल्मलाई कम शो दिएको भन्दै हलको विकल्प खोज्ने बताएका थिए ।

उनले भनेका छन्- 'हलमा हेरीदिनुहुने सबै दर्शकहरुलाई धेरै धेरै धन्यबाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्युएफएक्स सिनेमाजलाई धेरै धेरै धन्यवाद । भोलीबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौं । ओटीपीको समस्या समाधान गर्दै अब चाडै भेट्नेछौं एमएसएम भिडियो मार्फत । एप डाउनलोड गर्दै गर्नुस है । अमेरिका, जापान, क्यानडा र सिंगापुरमा चै यो यो मा उपलब्ध हुनेछैन ।'

अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा-५, घर ज्वाई र १२ गाउँ चलिरहेका छन् । 

बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुदा सिमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै