• २०८१ असोज ३० बुधबार

पेरुमाथि ब्राजिलको फराकिलो जित

kharibot

काठमाडौँ । ब्राजिलले पेरुमाथि फराकिलो जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज पेरेइरा र लुइज हेनरिकले एक एक गोल गरेका थिए ।

विश्वकप छनौटमा ब्राजिलको पाँचौं जित हो । १० खेलमा १६ अंक हासिल गरेको ब्राजिल चौथो स्थानमा रहेको छ । त्यस्तै पेरुको भने १० खेलमा ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै