• २०८१ असोज २९ मंगलबार

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

kharibot

रौतहट । बाराको कोल्हबी नगरपालिका अन्तर्गत जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट कोलहवि- २ पुरानो काँटाका ६३ बर्षीय  हस्थ बहादुर ठोकरको  मृत्यु भएको हो ।

पुरानो काँटाको उत्तरतर्फ भित्री जंगलमा घाँस काट्न गएका ठोकर जंगलबाट नफर्केपछि आफन्त र स्थानीयहरुले जंगलमा गई खोजतलास गर्दा जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको अवस्थामा भेटिएका थिए ।

हाल शवलाई पोष्टमार्टमको लागि कलैया प्रादेशिक अस्पताल तर्फ पठाईएको प्रहरीले जनाएको छ । कोल्हवी नगर क्षेत्रमा हालसम्म जंगली हात्तीको आक्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै