• २०८१ असोज २७ आइतबार

काभा यू- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित

kharibot

काठमाडौँ । श्रीलंकामा जारी काभा यु- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३-१ सेटमा पराजित भएको हो ।

यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो । नेपालले पहिलो सेट २७-२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो सेट २५-२० ले जितेको थियो ।  

यस अघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेलेका हुन् । नेपाल लिगचरणको खेलमा पनि उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो । 

लिग चरणमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो भने चौथो खेलमा किर्गिस्तानलाई ३-२ को सेटमा जित हात पारेको थियो । त्यसैगरी शुक्रवार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै