• २०८१ असोज २६ शनिबार

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

kharibot

काठमाडौँ । नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस बर्षको मनसुन नेपालबाट बाहिरिएको हो ।

विभागले आज यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बहिर्गमन भएको बताएको छ ।

यस अघि असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाण्डौ उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिसकेको तथा त्यस अघि नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट २० का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै