• २०८१ असोज २६ शनिबार

आज कति बेला छ टीकाको शुभ साइत ?

kharibot

काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान ८ बजेर ३३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।  

त्यस्तै समितिले आज बिहान ११ बजेर ५७ मिनेटमा तुलजाभवानी यात्रा र अपरान्ह १२ बजे ५६ मिनेटमा स्थिरासनको शुभसाइत रहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै