• २०८१ असोज २६ शनिबार

हाइड्रोलिक सिस्टम फेल भएको एयर इन्डियाको विमानको सकुशल अवतरण

kharibot

काठमाडौँ । भारतको त्रिचीबाट शारजाहका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक समस्याका कारण त्रिची विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । तमिलनाडुको तिरुचिरापल्ली एयरपोर्टबाट उड्ने बित्तिकै विमानमा प्राविधिक समस्या भएको थियो ।

विमानले एयरपोर्टमा अवतरण गर्नुअघि इन्धन कम गर्न करिब ३ घण्टा आकाशमा उडान गरेको थियो । ठूलो दुर्घटना हुन नदिन विमानस्थलमा २० भन्दा बढी एम्बुलेन्स र दमकल परिचालन गरिएको थियो । हाइड्रोलिक सिस्टम फेल भएको यस विमानमा १४१ यात्रु रहेका थिए । 

एयर इन्डिया एक्सप्रेसको फ्लाइट नम्बर एएक्सबी ६१३ विमान सुरक्षित अवतरणपछि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै