• २०८१ असोज १९ शनिबार

महिला टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको विजयी शुरुवात

kharibot

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको ११९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै ११८ रन बनाएको थियो ।

अब वेस्ट इन्डिजले आगामी आइतबार स्कटल्याण्डसँग खेल्ने तालिका छ भने दक्षिण अफ्रिकाले सोमबार ईङल्याण्डसँग खेल्ने तालिका छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै