• २०८१ असोज १७ बिहीबार

बंगलादेशले भारतसहित पाँच देशका राजदुत फिर्ता बोलायो

kharibot

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले भारतका लागि राजदुतसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरुलाई तुरुन्त ढाका फर्किन भनिएको छ ।

भारतबाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।

पछिल्लो समय बंगलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । केही हप्ताको आन्दोलनपछि यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । 

आन्दोलनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो । उनी अहिले पनि भारतमा रहेको बताइएको छ । 

यसअघि बंगलादेशले बेलायतका आफ्नो राजदुत सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै