• २०८१ असोज १७ बिहीबार

लिजेण्ड एल क्लासिको कतारमा हुदै

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाको प्रतिद्वान्दिता विश्व फुटबलमै परिचित रहेको छ । दुवै क्लबबीच प्रतिष्पर्धाका कारण क्लब मात्र होइन विश्वभरक दुवै क्लबका फ्यानहरु पनि विभाजित रहेका छन् । यसैबीच दुवै क्लबका पुर्व खेलाडीहरु एक अर्काविरुद्ध भिड्ने भएका छन् ।

'लिजेण्ड एल क्लासि' को नाम दिइएको यो भिडन्त आगामी नोभेम्बर २८ मा कतारमा हुने भएको हो । कतारको दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा हुने यस खेलको टिकट बिक्रि अक्टोबर १० देखि शुरु हुने बताइएको छ ।

रियल र बार्सिलोनाक लिजेण्ड खेलाडी एक आपसमा पहिलो पटक खेल्न लागेका भने होइनन । यस अघि दुई पटक लिजेण्ड एल क्लासिको भैसकेको छ । पहिलो पटक २०१७ मा भएको खेल बार्सिलोना लिजेण्डले ३-२ ले जितेको थियो भने त्यसपछि २०२१ मा भएको खेलमा रियल म्याड्रिड ३-२ ले नै विजयी भएको थियो ।

अब कतारमा हुने यो खेल तेस्रो लिजेण्ड एल क्लासिको हुने भएको छ ।

आयोजकले यो खेल दुवै क्लबको इतिहास, खेलप्रतिको लगाव र प्रतिद्वन्दितालाई सेलिब्रेट गर्ने अवसर भएको बताएका छन् ।

लिजेण्ड एल क्लासिकोमा सहभागी हुने खेलाडी बारे भने अझै निश्चित नभएको र सहभागी हुने खेलाडीको सूची छिट्टै सार्बजनिक गरिने आयोजकले बताएका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै