• २०८१ असोज १७ बिहीबार

लद्दाखका वातावरणीय कार्यकर्ता वाङचुक ३६ घण्टापछि रिहा 

kharibot

काठमाडौँ । भारको लद्दाखका वातावरणीय कार्यकर्ता सोनम वाङचुक रिहा भएका छन् । दिल्लीमा हिरासतमा परेको ३६ घण्टापछि उनलाई बुधबार रिहा गरिएको हो ।

रिहा पछि वाङचुकले वातावरणसँग सम्बन्धित उनको सन्देश धेरैभन्दा धेरै मानिसहरूमा पुगेकोले आफू खुसी भएको बताएका छन् ।

वातावरण अभियन्ता सोनम वाङचुकलाई सोमबार राति दिल्लीको सिँघु सीमामा रोकेर हिरासतमा लिइएको थियो ।

लद्दाखलाई पूर्ण राज्यको दर्जा र संविधानको छैठौं अनुसूचीमा समावेश गर्न माग गर्दै वाङचुक लेहबाट पैदल हिडेर दिल्ली पुगेका थिए । सेप्टेम्बर १ मा लेहबाट सुरु भएको उनको यो यात्राका क्रममा करिब एक हजार किलोमिटर हिडेर पुरा गरेका थिए ।
बुधबार गान्धी जयन्तीको अवसर पारेर रिहाइपछि पत्रकारहरूसँग कुरा गर्दै वाङचुकले वातावरणलाई क्षति हुनबाट जोगाउन जनताले सरल जीवनशैली अपनाउनुपर्ने बताए ।

वाङचुकले भने- 'हामीले सरकारलाई ज्ञापनपत्र बुझाएका छौं र हिमालय पहाड बचाउन संवैधानिक प्रावधानअनुसार लद्दाखको संरक्षण गर्न अनुरोध गरेका छौं ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै