• २०८१ असोज १७ बिहीबार

महिला टी-२० विश्वकप आजदेखि, पुरुषले सरह पुरस्कार पाउने

kharibot

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । यो विश्वकप अक्टोबर २० सम्म हुदै छ भने यो प्रतियोगितामा १० देशले भाग लिदै छन् ।

आयोजक बंगलादेश भएपनि यो विश्वकप युएईका शारजाहा र दुवई शहरमा हुदै छ । बंगलादेशमा हालै भएको आन्दोलनका कारण आयोजक बंगलादेश नै रहने गरि प्रतियोगिता युएईमा हुन लागेको हो ।

विश्वकपको समुह ए मा अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समुह बी मा बंगलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।

आज पहिलो खेल बंगलादेश र स्कटल्याण्डबीच अपराहन्न ३: ४५ बजेदेखि खेल हुदै छ भने आजै दोस्रो खेल पाकिस्तान र श्री लंकाबीच राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

महिला विश्वकपमा अस्ट्रेलियाको दबदबा

नवौं महिला टी-२० विश्वकपसम्म आउदा अस्ट्रेलियाले आफ्नो दबदबा बनाएको छ । अस्ट्रेलियाले यस अघि सम्पन्न ८ मध्ये ६ विश्वकपको उपाधि जितेको छ । त्यस्तै पछिल्ला तीन विश्वकप अस्ट्रेलियाले लगातार जितेको छ ।

अस्ट्रेलिया बाहेक ईङल्याण्डले २००९ को पहिलो विश्वकप जितेको थियो भने २०१६ को विश्वकप वेस्ट इन्डिजले जितेको थियो । 

महिला टी-२० विश्वकपमा पुरुष सरह पुरस्कार रकम

आइसीसीले महिला टी-२० विश्वकपका लागि पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने भएको छ ।

आज देखि शुरु हुने यस महिला टी-२०  विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै सम्पन्न पुरुष टी-२० विश्वकपमा पनि शोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो ।

आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समुह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।

त्यस्तै समुह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आइसीसीले जन्माएको छ । १० देश सहभागी विश्वकपमा पाँचौं स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् भने नवौं र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै