• २०८१ असोज १६ बुधबार

गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल

kharibot

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबिच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग पुनःसञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ-संगठनका पदाधीकारीहरुबिच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

'विपद्को स्थितीमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ ।' बरिष्ठ उपाध्यक्ष सिटौला भने, 'बीपीराजमार्ग अन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।'

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए । उनले भने- हामीले सवारीचेकँजाच लगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौं ।'

मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्वन्धीत मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए ।

'पृथ्वी राजमार्गको झ्याप्ले लगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ ।', उनले भने,'चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौं ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै