• २०८१ असोज १६ बुधबार

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, टिममा दुई परिवर्तन

kharibot

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडा विरुद्ध टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।

नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी-२० खेल भएको छ , जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ । 

यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ । 

नेपालले आज आफ्नो टिममा २ परिवर्तन गरेको छ । आज नेपालले रिजन ढकाल र देव खनाललाई बाहिर राखेर सोमपाल कामी र ललित राजबंशीलाई टिममा सामेल गरेको छ ।
  
क्यानडाविरुद्धको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै