• २०८१ असोज १६ बुधबार

कटहरियामा राहत वितरण 

kharibot

रौतहट । रौतहटको कटहरिया नगरक्षेत्र अन्तर्गत सयौं परिवारलाई राहत वित्तरण गरिएको छ । हालै आएको अबिरल वर्षासँगै लालबकैया नदीको बाढीले प्रभावित परिवारलाई सरकारको निर्देशन अनुसार नगरपालिकाबाट तत्कालको लागि राहत बितरण सुरु गरिएको हो ।

मंगलवार एक कार्यक्रमको आयोजना गरी कटहरीया नगरपालिका वडा  २ जमुनिया , छेदी चोक टोलका प्रभावित ६१ परिवार लाई मेयर अजय प्रकाश जैसवाल द्वारा राहत बितरण गरिएको हो ।

यस्तै वडा ४ अन्तर्गत २२० परिवार लाई राहत बितरण जारिरहेको मेयर जैसवालले जानकारी दिएका छन्।

नगरपालिकाबाट तत्कालको लागि राहत स्वरुप प्रती परिवार १ वोरा चामल , दाल, त्रिपाल लगायतका सामग्री बितरण भईरहेको नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले जानकारी दिएका छन् । उक्त अवसरमा मेयर जैसवालले अबिरल बर्षासंगै लालबकैया नदीको बाढीले बालीनाली क्षतिभएका किसानलाई क्षतिपूर्ति दिलाउन पहल जारी रहेको बताएका थिए ।

गत बिहिबार देखि परेको अबिरल वर्षासँगै नदीमा आएको बाढीले नदीको बाँध फुटेर कटहरिया नगरपालिका अन्तर्गत सैयौं परिवार प्रभावित भएको थियो भने दर्जनौँ किसानको धान तथा उँखु बालीमा क्षती पुगेको थियो। बाढी र वर्षाले जिल्लाभरिका ५५ सय ९५ मानिस तत्काल बिस्थापित हुनुका साथै झण्डै साढे तीन हजार बिगाहा क्षेत्रफलमा लगाइएको बालीमा क्षती पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै