• २०८१ असोज १५ मंगलबार

सरकारको पूर्वतयारी भन्दा ठूलो विपद् आउदा केही कमजोरी भयो- प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमिकमजोरी भएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले ठुलो विपद भएकाले कमि कमजोरी भएको हुनसक्ने बताउदै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरे । 

उनले भने- 'यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ 'प्रधानमन्त्री ओलीले भने,'कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै