• २०८१ असोज १५ मंगलबार

पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि रिहा भए- जुलियन असान्ज

kharibot

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नो रिहाइ पछिको पहिलो सार्वजनिक सम्बोधनमा पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि आफुलाई रिहा गरिएको बयान दिएका छन् । 

जुलियन असान्जले फ्रान्समा युरोपेली परिषद्लाई सम्बोधन आफुले पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि रिहा भएको बताएका हुन् । युरोपेली परिषदमा ४६ युरोपेली देशका सांसदहरू छन् । 

उनले भने- 'धेरै वर्ष जेल बसेपछि मैले पत्रकारिता गरेको आफ्नो अपराध स्वीकार गरेँ, त्यसपछि म रिहा भएँ ।' 

असान्जले आफ्नो हिरासत र सजाय र मानवअधिकारमा पार्ने असरबारे युरोप काउन्सिलमा बोलेका थिए । असान्जले भने, ‘आज म स्वतन्त्र छु किनभने मैले आफ्नो पत्रकारिता गरेको अपराध स्वीकार गरेको छु । मैले स्रोतबाट सूचना लिएर त्यो सूचना जनतामा फैलाउने अपराध गरेको छु । पाँच वर्ष बेलायती जेलमा बिताएपछि असान्ज गत जुनमा रिहा भएका थिए । असान्जलाई अमेरिकी सेनाका गोप्य कागजातहरू प्राप्त गर्ने र प्रकाशित गरेकोमा दोषी ठहर गरिएको थियो । 

असान्जले युरोपेली सांसदहरूलाई आफ्नो रिहाइको लागि राजनीतिक र कानुनी प्रयासहरू अपर्याप्त भएकाले आफ्नो सजाय बढेको बताए ।

असान्जले भने, 'मैले अवास्तविक न्याय भन्दा स्वतन्त्रता रोजेको छु ।' ५३ वर्षीय असान्जको रिहाइका लागि सम्झौता भएको थियो, त्यसपछि उनी जुनमा रिहा भएर आफ्नो देश अष्ट्रेलिया फर्किएका थिए । यो सम्झौताले असान्जलाई अमेरिकी जासुसी कानूनको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ, जसबाट १४ वर्षको कानुनी लडाई समाप्त भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै