• २०८१ असोज १४ सोमबार

भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट

kharibot

काठमाडौँ ।  भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ ।

बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन बनाएर अलआउट भएको हो ।

बंगलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।

त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले एक विकेट लिए । जडेजाले एक विकेट लिएसँगै टेस्ट क्रिकेटमा आफ्नो ३०० विकेट पुरा गरेका छन् । उनले ७४ टेस्ट खेल्दै ३०० विकेट लिएका हुन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै