• २०८१ असोज ९ बुधबार

भेरानको फुटबलबाट सन्यास

kharibot

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् ।

३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ।

भेरान हाल सिरी ए क्लब कोमोमा आवद्ध थिए । यस सिजनको शुरुमा फ्री-ट्रान्सफरमा म्यानचेस्टर युनाइटेड छोडेर कोमोमा आवद्ध भएका भेरानले एक खेल खेलर घाइते भएका थिए । उनी लामो समय इन्जुरी हुने निश्चित भएपछि कोमोले उनलाई सिरी ए मा दर्ता समेत गरेको थिएन । लामो इन्जुरी हुने भएपछि भेरानले सन्यासको घोषणा गरेका छन् ।

भेरान फ्रान्सको राष्ट्रिय राष्ट्र्रिय टिमबाट भने २०२३ को फेब्रुअरीमै सन्यास लिएका थिए ।

२०११ देखि २०२१ सम्म रियल म्याड्रिडबाट खेलेका भेरानले चार च्याम्पियन्स लिग जितेका छन् । भेरान फ्रान्सले २०१८ को विश्वकप र २०२२ मा विश्वकपको उपविजेता टिमका महत्वपूर्ण सदस्य थिए ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै