• २०८१ असोज ७ सोमबार

आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनल बराबरी खेलेका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफुलाई हारबाट बचाएको हो । दुवै क्लब २-२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए । खेलको इन्जुरी समयको ९७औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो ।

सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।

त्यस्तै आर्सनलका लीन्द्रो ट्रोसार्डले पहिलो हाफको अन्त्यमा दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यसैगरी आर्सनलको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै