• २०८१ असोज ४ शुक्रबार

प्रधानमन्त्री ओली र देउवालाई कार्यदलले बुझायो न्युनतम साझा कार्यक्रम

kharibot

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको सरकारको न्युनतम साझा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ न्युनतम साझा कार्यक्रम सम्बन्धि प्रतिवेदन बुझाएको हो ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत थिए भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका थिए ।

सरकार गठनको दुई महिना भइसक्दा पनि सरकारले न्युनतम साझा कार्यक्रम तय नगरेको भन्दै आलोचना भएपछि दुई दलले कार्यदल बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै