• २०८१ असोज ४ शुक्रबार

बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्दै

kharibot

हेटौडा । बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका हुन् ।

यही असोज ६ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख पाठकले बताए । बागमती प्रदेशसभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो ।

सो बैठकबाट दुईवटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै