• २०८१ असोज १ मंगलबार

गण्डकीका मन्त्री मनाङेको राजीनामा स्वीकृत

kharibot

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेरको क्रममा मन्त्री मनाङेको जिम्मेवारी हेरफेर गरेका थिए । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । 

यस अघि एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए । 

मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफुलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै