Skip This
  • २०८१ असोज २ बुधबार

सोलुखुम्बुको थामेमा आएको बाढी हिमताल विस्फोट भएको प्रारम्भिक अनुमान

kharibot

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको भीषण बाढी हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन गर्दा सो क्षेत्रमा सो थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ वटा हिमताल/हिमपोखरीहरू रहेको उल्लेख गरेको छ ।

साथै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिएको महाशाखाले उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै