Skip This
  • २०८१ असोज २ बुधबार

भोटेकोशीमा गाडी खसेको आशंका, खोजी कार्य जारी

kharibot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा गरिएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका भएपछि प्रहरीले खोजी शुरु गरेको छ । शुक्रबार दिउँसो स्थानीयले दुई वटा टायर देखेको भन्दै प्रहरीलाई खबर गरेपछि क्रेनको सहारामा खोजी शुरु गरिएको हो ।

बोलेरो गाडी खसेको हुनसक्ने अनुमानका आधारमा प्रहरीले खोजी शुरु गरेपनि भोटेकोशी नदीको बहाव बढी रहेकाले खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ ।

नदीमा खसेको भनिएको बोलेरो गाडी र त्यसमा रहेका यात्रुको बारेमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै