• २०८१ असोज ४ शुक्रबार

मधेशको आन्तरिक मामिला मन्त्रालयका तत्कालिन उपसचिवसहित तीन जनाविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहा, पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले आर्थिक वर्ष २०७७/०७८ मा ईलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्यमा गुणस्तरहीन कार्य गरेको एवं डिजाइन सम्झौता भन्दा फरक गरी ५ लाख ३१ हजार ४२८ हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै