• २०८१ असोज ४ शुक्रबार

सुनुवाई समितिबाट निर्वाचन आयुक्तमा सिफारिस प्रधान सर्वसम्मतिले अस्वीकृत 

kharibot

काठमाडौं । संसदीय सुनुवाइ समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकले प्रधान आफैंले उम्मेदवारी कायम राख्न नचाहेको भन्दै सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रस्तावित व्यक्ति स्वयंबाट नै आफ्नो उम्मेदवारी कायम नराख्न समितिमा निवेदन दिएपछि अस्वीकृत गरिएको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।

नाम अनुमोदन नहुने निश्चित भएपछि आयुक्तमा सिफारिस प्रधानले आफैंले आज समितिमा नाम फिर्ता लिने भन्दै निवेदन दिएक थिए । उनले समितिलाई पत्र दिएर आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका थिए ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको थियो । नाम फिर्ताको तयारीका कारण सोमबार बिहान ११ बजेका लागि तय भएको सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सारिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै