• २०८१ भदौ २३ आइतबार

पर्साबाट १२ किलो चरेशसहित व्यक्ति नियन्त्रणमा  

kharibot

पर्सा । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाईकलसहित एक जनालाई  नियन्त्रणमा लिएको छ ।

भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ बर्षिय कुञ्जन कुमार महतोलाई साउन  १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो ।

बीआर २२ एबी १२९२ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ के.जी. चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाईल सेट सहित नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै