• २०८१ भदौ २३ आइतबार

अवैध लागूऔषधसहित चार जना पक्राउ

kharibot

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउबाट अवैध लागूऔषध सहित चार जना पक्राउ गरेको छ ।

जसमा बैतडी, पाटन नगरपालिका-३ बनारसी धामबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ सय १२ ग्राम सहित सोही नगरपालिका बुङडा बस्ने ६० वर्षीय गोपाल सिंह बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-४ बसाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र क्यालिवान ६ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजार बस्ने २४ वर्षीय केवस तामाङ र २३ वर्षीया सुस्मा राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले फत्तेपुरबाट बेल्टारतर्फ जाँदै गरेको को.२७ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध  खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७४ मिलिग्राम सहित भारत बिहार पुर्णीया मट्‍ठा-२७ बस्ने २५ वर्षीय गौरव जैनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै